काठमाडौं : सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने छ । शुक्रबारदेखि सुरु भएको बैठकमा घर घर जाऔं, नेपाली काँग्रेस जिताऔुं अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिको बिफ्रिङ जारी छ ।
आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ । अधिकांश केन्द्रीय प्रतिनिधिले स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने पक्षमा राय राखेको पाएको छ ।
बैठकमा चुनावी गठबन्धन र घोषणापत्रबारे छलफल हुने प्रवक्ता प्रकाशशरण महतले बताए । यस्तै स्थानीय तहका उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने बैठकको एजेण्डा हुने जनाएको छ ।
तपाइँको प्रतिक्रीया