काठमाडौं : ललितपुरको सानेपामा मोटरसाइकल अनियन्त्रित भई पल्टँदा एक प्रहरी कर्मचारीको मृत्यु भएको छ । अर्क एकजना गम्भीर घाइते छन् ।
धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरीजवान नवीन न्यौपानेको मृत्यु भएको जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सानेपास्थित स्टार अस्पतालमा गए राति सवा २ बजे मृत्यु भएको बुझिएको छ ।
यस्तै, घाइते तनँहुको आँबुखैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरीजवान सुमनकुमार सिंहको सोही अस्पतालमा उपचार भइरहेको छ ।
न्यौपाने र सिंह सवार बा८३प ८९८५ नम्बरको मोटरसाइकल गए राति करिब सवा १ बजे अनियन्त्रित भई पल्टिँएको जनाएको छ ।
तपाइँको प्रतिक्रीया