काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेससँग अन्य दलको तुलना हुनै नसक्ने बताएका छन् । काँग्रेस जनजनको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको समेत सिंहले दावी गरे ।
काँग्रेस को १ महिने अभियान अन्तर्गत आइतबार विहान बानेश्वरमा आयोजित कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धन काँग्रेसको चाहाना नभइ मुलुकको बाध्यात्मक अवस्था को कारण बनेको बताए ।
संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता काँग्रेसलाई आइपरेको कुरा बिर्सन नहुने बताए । स्थानीय निर्वाचनका सम्बन्धमा काँग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने सिंहले बताए । पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने उनको भनाइ छ ।
तपाइँको प्रतिक्रीया