काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच होटल मेरिएटमा वार्ता शुरू भएको छ।
तीन दिने नेपाल भ्रमणमा आएका वाङले यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।
ओलीसँगको भेटपछि आजै वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट्नेछन्। त्यसपछि उनी ३ बजे चीन फर्कने कार्यक्रम छ।
तपाइँको प्रतिक्रीया