काठमाडौं : भक्तपुरको भक्तपुर नगरपालिका ६ स्थित डेकोचाबाट प्रहरीले बलात्कार आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका ४ मैदी घर भएका २२ वर्षीय राज परियार रहेको जनाएको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति उनलाई पक्राउ गरिएको भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले बताए ।
१५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए ।
उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिएको जनाएको छ ।
तपाइँको प्रतिक्रीया