काठमाडौं : प्रदेश नम्बर–१ मन्त्रिपरिषद्ले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले चालु नवौँ अधिवेशन अन्त्य गर्ने निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।
उनले आज राति १२ बजेदेखि बैठक अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए ।
प्रदेशसभाको बैठकमा सरकारले ल्याएको प्रदेश सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल जारी छ ।
तपाइँको प्रतिक्रीया