२०८२ असार ९ सोमबार

राशिफल

बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटोभन्दा छिटो अगाडि बढाउन विदेशमन्त्री वाङसँग गरे ओलीले आग्रह

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटोभन्दा छिटो अगाडि बढाउन आग्रह गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग आज बिहान भएको भेटवार्तामा ओलीले सो आग्रह गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

भेटपछि भट्टराईले पत्रकारहरुलाई दिएको जानकारी अनुसार पूर्वप्रधानमन्त्री ओलीले बीआरआईसँग परियोजनाभित्र पर्ने सडक, रेल, सिंचाइ, जलविद्युत, सीमा नाका, स्वास्थ्य र शिक्षाका आयोजनालाई छिटो अगाडि बढाइदिंदा समृद्ध नेपाल सुखी नेपाली बनाउने आकांक्षा पूर्तिमा थप योगदान पुग्ने बताएका थिए ।

भेटमा ओलीले बन्द रहेका नाका खुलाउन र कोभिडका कारण नेपालमा आएका विद्यार्थीहरुलाई चीन फर्किएर अध्ययन पूरा गर्ने वातावरण मिलाउन पनि आग्रह गरेको जनाएको छ ।