२०८२ असार ९ सोमबार

राशिफल

पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा

काठमाडौं :  मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । ठोरीको राइधारामा शुक्रबार आयोजित सभामा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्यटकीय क्षेत्र घोषणा गरेका हुन् । प्रदेश सरकारले ठोरीमा पर्यटकीय क्षेत्रको विकासका लागि १० करोड रुपैयाँको प्याकेजको घोषणा पनि गरेको छ ।

मुख्यमन्त्री राउतले लामो समयदेखि पिछडिएको ठोरीको विकास अब पर्यटनबाटै सम्भव रहेको बताए । स्थानीय सरोकारवालासँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

 

ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह, संघीय सांसद प्रदीप यादवलगायतले हुलाकी सडक निर्माणसँगै ठोरी प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकास हुने प्रचुर सम्भावना रहेकाले ठोरीवासीले यो अवसरको सदुपयोग गर्नुपर्ने सुझाएका थिए ।