रमन वन/काठमाण्डौं : प्राय : गाउँघरमा जन्मिएका सबै युवायुवतीको ठुलो सपना रहेको हुन्छ शहर जाने । अध्ययनको निम्ति होस् वा जागिर/रोजगारीका निम्ति, उनीहरूको सपना शहर–बजारकै हुन्छ, त्यसमा पनि देशकै राजधानी मानिने काठमाडौंलाई मूख्य गन्तव्य मानेका हुन्छन् ।
शहर जाने, राम्रो पढ्ने र असल अनि सफल व्यक्ति बन्ने लक्ष्य राख्नु नराम्रो कुरा भने पक्कै पनि होइन । यस्तो सपना नदेख्ने कम नै होलान् आजकल गाउँका युवायुवती ।
‘ ‘शहरमा त काम पाइन्छ, सुरुमा सानोतिनो नै भए पनि काम गर्दै आफ्नो पढ्ने खर्च आफैं जुटाउन सकिन्छ । शहर छिरेपछि धेरै कुरा बुझिन्छ । छोराछोरीलाई शहर पठायो भने चलाख बन्छ ।’‘ प्रायः गाउँका वासिन्दा सबैले यस्तै सोच बनाएका हुन्छन् ।
गाउँका विद्यालयबाट राम्रो रिजल्ट ल्याउने प्रायः सबैलाई अभिभावकले दुःखजिलो सहेर भए पनि उच्चशिक्षा अध्ययनका लागि शहर पठाउँछन् । सहर आएर केहीले राम्रो काम गरेर उल्लेखनीय प्रगति गर्ने गरेका छन् ।
कोही युवायुवतीहरु यही सहरबाट कहिल्यै नउक्सिने गरी फसेका उदाहरणहरु प्नि प्रसस्तै भेटिन्छन् । आज यिनै विषयलाई प्रस्तुत गर्दै छौं के हो सहर ? सहरमा युवा युवती के गर्छन ?
खराब काम गर्नु उनिहरुको रहर कि बाध्यता भन्ने विषयमा केन्द्रित हुनेछौं । आजको हाम्रो यात्रा शंखमुलदेखि रत्नपार्कसम्मको ।
काठमाण्डौंको निकै चर्चामा आउँने ठाउँहरुमध्येको एक हो रत्नपार्क, विभिन्न कामको शिलसिलामा उपत्यका आएका हरेक नागरिकहरु रत्नपार्क पुग्ने गर्दछन् । यही सुनेर म र मेरो कोठामा बस्ने साथी अभिनयले पनि गत चैत्र ११ गते रत्नपार्क जाने निर्णय गर्यौं ।
अनि १२ गते अपरान्ह ४ बजेतिर रत्नपार्ककको लागि गाडी चढ्न बानेश्वर चोकतर्फ हिँड्यौं । शंखमुलबाट हिँडेको केही समयमै हामी दुई जनाको टिम बानेश्व्र चोकमा पुगियो । चोकमा पुगेपछि हामीले केही समय गाडीलाई कुरेउँ । कुर्दाकुर्दै नेपाल यातायात लेखेको बस रत्र्नपार्क, बागबजार, पुतली सडक भन्दै आइपुग्यो ।
हामी पनि हतार, हतार गर्दै खलाँसीलाई ए भाई !
यो गाडी रत्नपार्क जान्छ ? भनेर प्रश्न गरयौं, जान्छ दाई छिटो, छिटो बस्नुस भनेर खलाँसी भाईले भन्यो । त्यसपछि बसभित्र छिर्यौं ।
हामीले सोचेको थियौं बसमा चढ्दा सहजै गन्तव्यमा पुग्न सकिन्छ । तर त्यस्तो हुँदैन रहेछ । बसमा त एउटै सिटमा ४ जना सम्म पो कोचिएर जानुपर्ने रहेछ अनि त्यो पनि संभव नभए उभिएर नै जानुपर्ने बाध्यता आयो ।
अनि अन्तिममा एउटा सिट खाली रहेकाले मेरा साथी चैं त्यहाँ बस्यो । तर म भने बस्न सकिन् । तर पनि केही समयमै रत्नपार्क पुगिहाल्यौं । उपत्यकाको चिल्लो सडकमा बस हुईँकिएर रत्नपार्क पुगेको पत्तै भएन हामीलाई ।
जब बसबाट रत्नपार्क ओर्लियौं । अनि हामीलाई लाग्न थाल्यो अब कता जाने भन्ने ? त्यसको केही बेरमा रत्नपार्कको पार्कमा जाने मन भयो । अनि त्यहाँ जानको लागि के कस्तो छ नियम भनेर बुज्न म पार्ककको गेटमा गएँ । गेटमा १ जना पाले दाई बसिरहेका रहेछन् ।
उनलाई मैले सोधेँ । दाई पार्कमा पस्न हामीले के गर्नुपर्छ ? मैले सोध्ने बित्तिकै ति दाईले जावाफमा भने २५ को रुपैंया टिकट काट्नु पर्छ । मसँग खुद्रा पैसा नभएकाले साथी अभिनयले दुई जनाको ५० रुपैंया दियो । पैसा दिएसँगै पार्कमा जाने बाटो खुला भयो । हामी त्यहाँ पस्दा हामीलाई निकै रमाईलो लाग्यो र केही बेर आश्चार्य चकित भएर हेरेर बस्यौं ।
पार्कभित्र कोही ब्वाईफ्रेन्ड, गलफ्रेन्ड, कोही सिङ्गल, सुन्दर पोखरी, बालबालिकाहरु खेलिरहेको अनि मानिसहरु फोटो खिच्दै, टिकटक बनाउँदै रमाईरहेको देखेर हामी पनि सिको गर्न थाल्यौं । केही समयको पार्क भित्रको बसाई पश्चात साँझ पर्नै लागि सकेको थियो ।
घडीमा करिब ६ बस्नै लागेपछि अघि सुरुमा २५ रुपैँया तिरेर पार्कमा घुम्न पाईन्छ भन्ने पाले दाईले नै सिट्टी फुक्दै सबै जना बाहिर जानु होला भन्दै आईपुगे ।
हामी दुई जना पनि पाले दाईको आग्रहलाई आत्मसात गर्दै बाहिर निस्कियौं । त्यसपछि केही समय रत्न पार्क पुल तर्फ जाने बिचार गर्यौं । र हिड्यौं हामी जाँदै थियौं । साँझ परिसकेको थियो । सडकको छिउमा लगाइएको बारमा युवतीहरुको संख्या बढ्दै थियो । अनि हामी झनै आश्चार्य चकित भयौं ।
अहो ! यिनीहरु रातपरेपछि किन आएका होलान ?
भनेर मनमनै खुल्दुली बढ्न थाल्यो, हामी त्यहीँ नजिकैबाट हिँडिरहेको थियौं चिटिक्क परेर मुसुक्क हाँस्दै बारमा अडेस लागेर बसिरहेका उनिहरु पनि हामीलाई नियाली रहेका थिए । अनि केही छिनमै त्यही बारमा बसिरहेकी एक युवतीले जाने हो ?
भनेर प्रश्न गरिन, उनले सोधेको प्रश्नको जवाफ हामी एकछिन अनकनाएर कहाँ जाने होर ? भनेर सोध्यौं, उनले भनिन् होटल । त्यसपछि एउटी युवतीले साँझको समयमा होटलमा जाने हो ?
भनेर सोधिसकेपछि तिनछक परेर हामी पनि के रहेछ त यस भन्नुको तात्पर्य भन्दै केही पाईला अघि बढेर उभिइरहेका १ जना दाईसँग सोध्यौं । ति दाईले भने यिनीहरु पैसा कमाउनका लागि आफ्नो शरीर बेच्नको लागि यहाँ आउँने गर्छन् ।
नजिकै उभिईरहेको दाईले त्यसो भने पछि हाम्रो आँखा खुल्यो । तिनीहरु यौन धन्दामा संलग्न महिलाहरु रहेछन् भन्ने अनि फेरी थप कुरा बुझ्नको लागि एक फन्को घुमेर त्यहीँ पुग्यौं । हामी त्यही ठाउँमा पुग्दा अगाडी जति भिड थियो, त्यसको डबल भिड भइसकेको रहेछ ।
सडकको एकासाईडको रेलिङमा पुरुष र अर्का साइडको फलामको बारमा मुखमा मास्क लगााएका, आँखामा गाजल दलेका, आधा शरीर मात्र ढाकिने वस्त्र लगाएर आएका महिलाहरु अनि उनिहरुले फेरी पनि भन्न थाले, जाने हो ?
आउ जाने भए १३ सय मात्रै, हामी त नजाने भन्दै अलि अगाडी बढ्यौं त्सपछि उनिहरुले हामी जस्ता सयौं पुरुषलाई त्यही प्रश्न दोहोर्याईरहँदा रहेछन् । पैसामा बार्गेनिङ मिलेमा पुरुषलाई होटलमा लिएर गईहाल्ने अनि नमिलेमा यत्तिकै उभिईरहने रहेछन् ।
भेष बदलेर धन्दा
प्रहरीका अनुसार पछिल्लो समय रत्नपार्क क्षेत्रमा धेरै युवकहरु साँझ भेष बदलेर हिँड्ने गरेका छन् । त्यसरी हिँड्ने कतिपय साँच्चिकै तेश्रोलिङ्गी यौनकर्मी हुन्छन् भने कतिपय विभिन्न उद्देश्य बोकेर भेष बदल्ने गर्छन् ।
सदाबहार यौन बजार
रत्नपार्कको मुखैअघि महानगरीय प्रहरी आयुक्तको कार्यालय छ । तीन वटा वृत्तका प्रहरी यस क्षेत्रमा दिनहुँ गस्ती गर्छन् । जनसेवा वृत्तले रत्नपार्क क्षेत्र, सिहंदरबार वृत्तले रणोद्दीप पुलदेखि भृकृटीमण्डप (रत्नपार्कको बीच रोडसम्म) क्षेत्र र दरबारमार्गले रणोद्दीप पुलको आधा भाग हुँदै त्रिचन्द्र, रानीपोखरी घण्टाघर लगायतका क्षेत्र हेर्छ ।
तैपनि यो क्षेत्रले आफ्नो परिचय बदल्न सकेको छैन । थुप्रै ठाउँमा यौनधन्दा बन्द भए तर यहाँ हुन सकेन । पहिले पार्कभित्रै खुलेआम अश्लील हर्कत र सेक्स डिल हुन्थे तर पार्क पुनःनिर्माणपछि यो धन्दा पार्कवरिपरि चौतर्फी (पार्क बाहिर) सरेको छ । यस क्षेत्रले आफ्नो परिचयलाई बदल्नुको सट्टा झन् फैलाउँदै छ– सदाबहार यौनबजारका रुपमा । देख्ने–भोग्नेहरु भन्छन्, ‘काठमाडौंको मुटु मानिने रत्नपार्क बिहान, दिउँसो र बेलुकी गरी तीन समय छेपारोले झैँ रङ फेर्छ ।’ हुन पनि हो । यो क्षेत्र बिहान शान्त, दिउँसो भद्र, साँझ व्यस्त र राति बढी उत्तेजक देखिन्छ ।
ग्राहक पनि लुटिन्छन्
रत्नपार्क क्षेत्रमा यौन प्यास मेट्न आएका ग्राहक लुटिने पनि गरेका छन् । विशेषगरी तेश्रोलिङ्गी यौनकर्मीले ग्राहक लुट्ने गरेको छन् । ‘प्रहरीले देख्छ कि भनेर उनीहरु ग्राहकलाई सामान्य बार्गेनिङ गरेर रत्नपार्क क्षेत्रबाट बाहिर लान्छन् अनि बीच बाटोमा थप बार्गेनिङ गरेर लुट्ने गर्छन्,’
बरु प्राकृतिक रुपमै महिला रहेका यौनकर्मीले ठग्दैनन्,
वरिपरिको सामान्य होटलमा लगेर सन्तुष्टि दिन्छन् तर अधिकांश तेस्रोलिङ्गी यौनकर्मीले ठग्ने र लुट्ने गरेका उजुरी पाइएको छ । धेरैजसोले लाजिम्पाट क्षेत्रमा आफ्नो कोठामा लगेर पनि लुटेका छन् । लुट्न सजिलो हुने भएकाले उनीहरु बढी पाका उमेरका ग्राहक खोज्ने गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।
सर्वसाधारणका दुःख
बस चढ्न र किनमेल गर्न भनेर रत्नपार्क वरिपरि आउने सर्वसाधरण यस क्षेत्रको ‘बदनाम चरित्र’का कारण अति पीडित बनेका छन् । ‘यहाँ छोरीचेलीलाई एक्लै हिँड्न र उभिन निकै गाह्रो छ, उभियो कि यौनकर्मी ठानिहाल्छन्, ‘जाने हो ?’ भनेर सोधिहाल्छन्,’ रत्नपार्क क्षेत्रमा व्यापार गर्दै आएकी एक महिलाले गुनासो पोखिन् ।
यौनकर्मी कसरी चिन्ने ?
को यौनकर्मी, को सर्वसाधारण, छुट्याउने कसरी ? यसमा प्रहरीको अनुसार, ‘यौनकर्मीलाई छुट्याउने आधार भनेको उनीहरु ओभर मेकअप गर्ने, अप्राकृतिक देखिने, केटाहरुलाई बोलाउने, जिस्काउने, केटालाई आकर्षित गर्न खोज्ने, केटाको ध्यान केन्द्रित गर्न खोज्ने व्यवहार देखाउँछन् र उनीहरुको ड्रेसअप पनि हिपहप र केटा आकर्षित गर्ने खालका हुन्छन् ।’
त्यसो त रत्नपार्क क्षेत्रमा भेटिने तेश्रोलिङ्गी यौनकर्मीलाई कतिपयले साँच्चिकै युवती ठानेर जाने गर्छन् । तेश्रोलिङ्गी यौनकर्मी बढी ओपन तथा खुल्ने स्वभावका हुन्छन्, देख्दा केटीको स्वरुप भए पनि स्वर केटाजस्तो हुन्छ, छेउमा गाडी, बाइक आउनसाथ ‘जाने हो ?’ भनेर सोध्न पुगिहाल्छन् ।
मूकदर्शक प्रहरी
वरिपरि प्रहरीको गस्ती भए पनि रत्नपार्क क्षेत्रमा यौनकर्मीको उपस्थिति रोकिन सकेको छैन । व्यापक मात्रामा नै रहेको छ । प्रहरी मूकदर्शक बनेका कारण नै यो नरोकिएको सर्वसाधरणले आरोप लगाउँछन् । ‘यहीँ अगाडि पुलिस चौकी छ तर वास्ता गरेको देखिँदैन । एक व्यापारीले भने, कतै प्रहरी र योनकर्मीवालाहरुको नै त संलग्नता छैन भन्ने प्रश्नहरु पनि उब्जिने गर्दछन् ।
कानून अभाव
पक्राउ गरी कारबाही चलाएको रेकर्डका आधारमा यौन अपराधलाई प्रहरीले विभिन्न तहमा वर्गीकरण गरेको छ । होटल तथा रेस्टुराँको मातहत, ट्याक्सी ड्राइभरको सम्पर्कबाट, ग्राहकलाई आफैंले फोन गरेर धन्दा गर्ने तथा चोक–चोकमा बसेर ग्राहक खोज्ने यौनकर्मीहरू भेटिएको प्रहरीको रेकर्डमा छ । यसरी भेटिनेहरू पनि प्रायः सबैजसो महिला छन् ।
यौन धन्दामा संलग्नलाई पक्राउ गरेर प्रहरीले प्रायः मानव बेचबिखनविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउने गर्छ । मुलुकी संहितामा पनि यौन धन्दाका विषयमा प्रष्ट उल्लेख नभएकै कारण सोही अपराधअन्तर्गत अहिले पनि मुद्दा चलाउने गरेको प्रहरीको भनाइ छ ।
पछिल्लो समय यौनकर्मीको संख्या बढ्दै गएको र पटक–पटक पक्राउ पर्दा समेत यौन धन्दा नछाडेका कारण नियन्त्रण गर्न मुश्किल परेको प्रहरीको भनाई छ ।
तपाइँको प्रतिक्रीया