२०८२ असार ९ सोमबार

राशिफल

कारको ठक्करबाट गौशालामा एक पैदलयात्रीको मृत्यु

काठमाडौं  :  काठमाण्डौको गौशालामा आज बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ बर्षीय पुरुष रहेका छन् भने उनको पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार चावहिलबाट सिनामंगल तर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।