२०८२ असार ९ सोमबार

राशिफल

शिक्षा र स्वास्थ्य निशुल्क उल्लेख भएपनि व्यवहारिक भएको छैन   :  सांसद यादव

काठमाडौँ :  जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताएका छन् ।

शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले भने कांग्रेस र कम्युनिष्टले बेला बेला यस्तो बताए पनि यसको कार्यन्वयन राम्ररी हुन नसकेको बताएका छन ।

चुनावी घोषणापत्रमा मात्र समावेश गराएर यसको समाधान हुन सक्दै । राजनैतिक दलले शिक्षका क्षेत्रमा देखिएका समस्याको खोजि गरि शिक्षाको क्षेत्रलाई गुणस्तरीय बनाउँनुपर्छ ।

एक कार्यक्रममा बोल्दै सांसद यादवले संविधानले आधारभूत शिक्षा अनिवार्य र निशुल्क अनि माध्यमिक शिक्षा निशुल्क हुने प्रावधानसहित त्यसलाई मौलिक हकअन्तर्गत राखेपनि कार्यान्वयन त्यसको कार्यन्वयन हुन नसकेको समेत उनले चिन्ता व्यक्त गरेका छन। उनका अनुसार आगामि निर्वाचनमा शिक्षाका क्षेत्रमा देखिएका मुद्धाहरुलाई समावेश गराउँनुपर्छ ।