२०८२ असार ९ सोमबार

राशिफल

तीन दिनदेखि जारी काँग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं  : काँग्रेस केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनम केन्द्रित रहेर छलफल भइरहेको छ ।

शुक्रबारबाट सुरु भएको बैठक आइतबार पनि जारी छ । आइतबार दिउँसो बसेको बैठकले घरघर जाऔं काँग्रेस जिताऔँ अभियानबाट फर्किएका प्रतिनिधिले बिफ्रिङ गरिरहेका छन् ।

शुक्रबार २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए । अबको आगामि निर्वाचन सम्बधि बैठकले स्थानीय चुनावका वारेमा गृहकार्य गरिरहेको छ ।

तीन दिनदेखि बसेको बैठकले ठोस निर्णय भने निकाल्न सकिरहेको छैन ।
आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ ।