२०८२ असार ९ सोमबार

राशिफल

अब कर्णाली प्रदेश सरकारले ८ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं   :  कर्णाली प्रदेश सरकारले अध्ययन गर्न चाहाने विद्यार्थी लागि आठ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई कर्णालीको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि अध्ययन गर्न चाहनेले आठ प्रकारका छात्रवृत्ति पाउने भएका हुन् ।

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई यही ११ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विन्दमान विष्टले जानकारी दिए ।

उनले भने,‘ यसबाट आठ प्रकार छात्रवृत्ति उपलब्ध हुनेछ ।’ उनका अनुसार ‘यसले गर्दा उच्च शिक्षा पढ्न चाहने जेहेन्दारका लागि सहज हुनेछ ।

प्रवक्ता विष्टका अनुसार प्राविधिक छोरी बुहारी छात्रवृत्ति, चिकित्सा, इन्जिनियरिङ, कृषि र भेटेनरी उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति र उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

त्यैगरि , उच्च शिक्षा सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति, आधारभूत तथा माध्यमिक शिक्षामा गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागी सार्वजनिक निजी साझेदारी कार्यक्रम र जनआन्दोलन र सहिदका सन्ततिका लागि उच्च शिक्षा छात्रवृत्ति कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने भएको छ ।