काठमाडौं : यातायात व्यवसायीहरुले वैज्ञानिक भाडादर लागू नगरे आफै भाडा बृद्धि गर्ने चेतावनी दिएका छन् ।
दैनिक जसो तेलको मुल्य बृद्धि हुने, टायर, मुविल महँगिएको भन्दै उनीहरुले सरकारले वैज्ञानिक भाडादर लागू नगरेकोमा आक्रोश व्यक्र गरेका हुन ।
यातायात प्रालि बुटवलको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा आइतबार बुटवलमा बोल्दै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष डिल बहादुर ढुङ्गानाले सरकारलाई आफूहरुले दिएको अल्टिमेटम सकिएको र यही १५ गतेसम्म भाडा समायोजन नभएमा लुम्बिनी प्रदेशमा आफै भाडा तोक्न बाध्य हुने समेत चेतावनी दिएका छन।
यस विषमा सरकारले ध्यान नदिएको समेत आरोप लगाएका छन् ।
तपाइँको प्रतिक्रीया