काठमाण्डौं : नेपाली फिल्मका अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाको बागमती प्रदेश अध्यक्षमा नियुक्त भएका छन् ।
श्रेष्ठ गत वर्ष उपाध्यक्ष पदमा मनोनित भएका थिए ।
आफूले पाएको जिम्मेवारी कटिबद्ध भएर निर्वाह गर्ने करणले बताए ।
‘मलाई विश्वास गरेर पार्टीले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्नेछु’ करणले भने ‘म स्थानीय निर्वाचन लक्षित कार्यक्रममा आजबाटै जुटिसकेँ।’
तपाइँको प्रतिक्रीया