काठमाडौं : नेपालको राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ छ । अर्थात, कूल जनसंख्यामा पुरुषभन्दा महिलाको संख्या ६ लाख ९ हजार ८५८ ले बढी छ ।
तर, आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीमा महिला भन्दा पुरुष धेरै छन् ।
३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउँछन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला छन् । अर्थात, २ लाख ५० हजार ४८० जना पुरुष मतदाता बढी छन् ।
तपाइँको प्रतिक्रीया