काठमाडौं : उदयपुरको उदयपुरगढी गाउँपालिका १ शिखरपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आठ घरमा क्षति पुगेको छ ।
हिजो दिउँसो लागेको आगोका कारण सोही ठाउँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनका अनुसार विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
आगो हिजो बेलुका नै निभाइएको र पीडित परिवारलाई राहत दिने तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया