२०८२ असार १ आइतबार

राशिफल

नेपाली फुटबल टोली थाइल्यान्डको चोनबुरी सँग पनि पराजित

काठमाडौं :  नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको स्थानीय चोनबुरी एफसी क्लबसँग पनि पराजित भएको छ। चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–१ गोलले पराजित भएको हो। चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक/ एक गोल गरेका थिए। नेपालका दर्शन गुरुङले एक गोल फर्काएका थिए ।

खेलको २४औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई सुरुवाती अग्रता दिलाएका थिए। ६५ औं मिनेटमा रेनाटोले गोल गर्दै चोनबुरीको अग्रता दोब्बर पारे। खेलको ८३औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै नेपाललाई २–१ को स्थितिमा ल्याएका थिए।

 

त्यसपछि खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३–१ को जित दिलाए। नेपालले यस अघि थाइल्यान्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपाल २–० गोलले पराजित भएको थियो।