२०८२ असार ८ आइतबार

राशिफल

चितवनमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

काठमाडौं :  चितवनको कालिका नगरपालिका ६ मा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

खोलेसिमलबाट मिलिजुलीचोकतर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३२ प ६५३३ नम्बरको मोटरसाइकल हिजो साँझ करिब पौने ६ बजे आपसमा ठोक्किएको हो ।

 

दुर्घटनामा गम्भीर घाइते भएका ९५९५ नम्बरका मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका १२ का १९ वर्षीय प्रविन परियारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुवै मोटरसाइकलसहित अर्का मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।