२०८२ असार ८ आइतबार

राशिफल

बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ

काठमाडौं :  कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ परेका छन् ।

चुुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११/ ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना वृद्धलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

चुरे गाउँपालिकाकीे बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए ।

गत शनिबार जंगलमा गोठालो गएका बेला शाहले बालिकालाई करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको डीएसपी जोशीले जानकारी दिए । शाहलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको जोशीको जनाएको छ ।

यस्तै, घोडाघोडी नगरपालिकामा पनि ११ वर्षकै बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी लक्ष्मणबहादुुर शाहीले बालिका बलात्कार गरेको आरोपमा कल्लुु दमाइलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार घटना ४/५ दिन अगाडिको भए पनि ढिलो गरेर आइतबारमात्र इलाका प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि दमाइलाई पक्राउ गरिएको जानकारी दिए ।