२०८२ असार ८ आइतबार

राशिफल

एनआरएनएको उपाध्यक्षमा डा.हेमराज शर्मा सर्वसम्मतले निर्वाचित

काठमाडौं :  गैरआवासीय नेपाली संघ एनआरएनएको उपाध्यक्षमा डा.हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् ।

डा.शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । यसअघि महासचिवको पद समालेका उनलाई हिजो आइतबार सम्पन्न संघको १० औं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित गरेको हो ।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आइसिसी सदस्यमा मनोनित भएका थिए ।