काठमाडौं : सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो आइतबार छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर १३८० रुपैयाँ कायम भएको छ ।
तपाइँको प्रतिक्रीया