काठमाण्डौं : त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी पीएनजीसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् ।
नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।
पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ ।
तपाइँको प्रतिक्रीया