काठमाण्डौं : “थाक्ने हैन जाग्ने समय हो, युवाको भविष्य हामिले नै खोज्ने हो” भन्ने मुल नारासहित आर्जु खड्काको अध्यक्षतामा २२ कार्यसमिती उर्जाशिल युवा समुह गठन गरिएको छ ।
आज (सोमबार) काठमाण्डौंको भृकुटीमण्डपमा गठित समितीको उपाध्यक्षमा रमन वन (राम बहादुर) कोषाध्यक्षमा पारस श्रेष्ठ, सचिवमा प्रकाश कपाली, सह–सचिवमा धनादिप सुवेदी (प्रख्यात), वरिष्ठ सदस्यीयमा सुस्मिता खड्का चयन भएका छन ।
यस्तै समितीको सदस्यहरुमा निकिता खनाल, रेस्मा गुरागाई, सुस्मिता ढकाल, दर्शन खड्का, निकिता विश्वकर्मा, प्रवेशराज पाण्डे, आयुस्मा गिरि, प्रीयङ्का भट्टराई, एकेन्द्र खत्री, सुस्मिता ढकाल, देवराज गिरि, अरमिता पराजुली, आयुष मगर, रमेश थापामगर, निर्मलराज शाही, तुलसी बिसी, अन्जान बस्नेत, ध्रुब नेपाल चयन भएका हुन ।
कार्यक्रममा नवगठित उपाध्यक्ष रमन वनले सामाजिक कार्य गर्दै अगाडि बढ्ने उदेश्यले समुह गठन गरेको बताउँदै सम्पुर्ण साथिहरु एक जुट हुनुपर्ने बताए । यस्तै समुहकी अध्यक्ष आर्जु खड्काले आगामी दिनमा शिक्षा, स्वस्थ्य तथा अन्य विषय वस्तुमा केन्द्रित भएर लागि पर्ने बताईन् ।
यसबीचमा कोषाध्यक्ष पारस श्रेष्ठले एकता नै बल भएको बताउँदै समाजमा भएका विकृती, विसंगतिलाई जरैदेखि निर्मुल पार्न अग्रसर हुने बताए।
साथै समितीका सचिव प्रकाश कपालीले आगामी दिनमा समुहलाई राजनितिकीकरण नगरी स्वतन्त्र रुपमा व्यक्ति, समाज र समुदायका लागि अहोरात्र आवाज बुलन्द पार्ने प्रतिक्रिया दिए ।
तपाइँको प्रतिक्रीया