२०८२ असार ८ आइतबार

राशिफल

अब वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका आफन्तले अनलाइनबाटै क्षतिपूर्ति पाँउने

काठमाडौँ  :  सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभंग हुने श्रमिक वा उनीहरूका हकवालाले अनलाइनबाटै क्षतिपूर्ति पाउने भएका छन् ।

आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइनबाटै क्षतिपूर्ति दिने प्रणालीको सुरुवात गरेका हुन् ।

अब वैदेशीक रोजगार बोर्डले तयार पारेको अनलाइन प्रणालीबाट पीडितले घरमै बसेर अनलाइनमार्फत क्षतिपूर्ति पाउने भएका छन् ।

बोर्डले तयार पारेको यो प्रणालीमार्फत विदेशमा आफन्त गुमाएका वा वैदेशिक रोजगारीका क्रममा घाइते भएका पीडितले घरमै बसेर क्षतिपूर्ति आवेदन गर्न पाउने भएका छन् ।