काठमाडौँ : पोखरा महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखराका काँग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।
पोखरा महानगर वडा नम्बर ९ का काँग्रेसबाट विजयी वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि हाल आएर स्वार्थ पूर्तिका लागि आयोजना गरिएको आरोप लगाएका छन् ।
काँग्रेस जनप्रतिनिधिको दलको नेताले भने,‘ ‘न्यायिक समितिमा समेत काँग्रेसलाई सहभागी गरिएको छैन । त्यसमाथि अहिले गरिएको कार्यक्रमका लागि गठन गरिएका समितिमा पनि सहभागी गराइएको छैन ।’
तपाइँको प्रतिक्रीया