काठमाडौँ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उनले यस्तो बताएका हुन् ।
राजनैतिक क्षेत्रमा मात्र राजनीति गर्नुपर्ने सबै दलहरूलाई उनले सुझाव दिए । सिंहले भने,‘ ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनुपर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको जस्तो सुधारको खाँचो छ ।’
संविधानमा उल्लेख गरे अनुसारको गुणस्तरीय शिक्षा नभएको उनले बताएका छन । अबका दिनमा शिक्षालाई विशेष महन्व दिएर हेर्नुपने उनको भनाइ छ ।
तपाइँको प्रतिक्रीया