२०८२ असार १ आइतबार

राशिफल

पीएनजीलाई हराउदै नेपालको विजय

काठमाडौँ  :  त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले रोमाञ्चक जित निकलोको छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पीएनजीले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६८ रन बनायो । पीएनजीका लागि नोरमान भानुवाले ५२ रनको अर्धशतकीय पारी खेले ।

२९ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । उनलाई करण केसीले आउट गरे । करणले नै सिमोन आटेलाई आउट गराए । यसअघि पीएनजीले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो ।

टोनी उरा ५ रन बनाएर आउट भए । उनलाई करण केसीले क्याच आउट गराए । तेस्रो ओभरको अन्तिम बलमा पीएनजीले दोस्रो विकेट गुमायो । पीएनजीका लेगा सिकालाई २१ रनमा सोमपाल कामीले क्याच आउट गराए ।

पीएनजीले छैटौं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । पीएनजीका कार्लेस अमिनीलाई अबिनास बोहोराले २२ रनमा बोल्ड आउट गराए । पीएनजीका असाड भाला नवौं ओभरको अन्तिम बलमा ७ रन बनाएर पेवेलियन फर्किए । उनलाई सन्दीप लामिछानेले क्याच आउट गराए ।