२०८२ जेठ २२ बुधबार

राशिफल

मेलम्चीको पानी पर्खाइमा उपत्यकावासी !

गणेश खड्का/काठमाण्डौं : मेलम्ची खानेपानी राष्ट्रिय गौरवको आयोजना त्यति नयाँ भने होइन । सिन्धुपाल्चोकको मेलम्ची याङ्ग्री र लार्के नदिलाई केन्द्रित गरेर काठमाडौंमा पानीको आपुर्तीका लागि छनोट गरिएको परियोजना हो ।

यस परियोजना सर्वप्रथम काठमाडौंमा रहेको पानीको हाहाकार मेटाउने उदेश्यले वि.स २०४८ सालको निर्वाचनको मुख्य चुनावी घोषणा पत्रमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उपत्यकामा मेलम्चीको पानी ल्याउँने आश्वासन दिएका थिए ।

त्यस पछिको निर्वाचनमा मेलम्चीको खानेपानी सबै दलको साझा एजेन्डा नै बन्न पुग्यो । तर नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले वि.स. २०७७ साल फाल्गुण २२ गते मेलम्चीको पानी काठमाडौं ल्याए ।

काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने उदेश्यले निमार्ण गरिएको मेलम्ची खानेपानी आयोजनाको उद्घाटन भने वि.स. २०७७ चैत्र २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन ।

भृकुटीमण्डपमा रहेको ढुंगेधारामा पानी खसालेर भण्डारीले काठमाडौं उपत्यकामा औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गरेकी हुन् । काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी चैत २५ गतेबाट नै वितरण सुरु भएको थियो ।

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का इटालियन ठेकेदार कम्पनी सिएमसीले पाएको थियो । सिएमसीले काम छाडेर हिंडेपछी सरकारले धरौटी रकम रु. ३ अर्ब जफत गरेसंगै मेलम्ची खाने पानीको जिम्मा लिएर नेपाल सरकारले बाँकी काम नेपाली सेनालाई दिने तयारी समेत गरेको थियो ।
मेलम्ची खानेपानी आयोजना उद्घाटन भएका बेला काठमाडौँवासीको मुहार केहि समयका लागि उज्यालो नै रह्यो तर लामो समय भने टिक्न सकेन ।
वर्षाको समयमा आएको भिषण बाढीका कारण अहिले मेलम्चीको पानी काठमाडौँ आउन सकेको छैन । मेलम्ची खानेपानी निमार्णका लागि ३५ अर्ब रुपैयाँ खर्च भएको विज्ञहरु बताउँछन् । हाल साढे ३५ करोड डलर बराबरको मेलम्ची आयोजनामा एशियाली विकास ब्याङ्कले साढे १४ करोड डलर ऋण उपलब्ध गराएको थियो ।
उक्त आयोजनाले झन्डै १३ लाख सहरी बासिन्दा अर्थात् एक लाख ५८ हजार परिवारलाई खानेपानी आपूर्ति गर्ने गरेको थियो । वि.स. २०७८ असारको पहिलो साता आएको बाढीले मेलम्ची आयोजनामा ठूलो क्षति पु¥यायो । निर्माण सामग्री सहित स्थायी संरचनाहरु पुरिएकाले आयोजनालाई पुनः पछि धकेलेको छ ।
अव पनि समयमा नै केहि विकल्पको खोजि नगर्ने हो भने दशकौँका लागि मेलम्ची खानेपानि योजना अस्तित्वबाट हराउने मात्र नभएर ३५ अर्व रुपैयाँ पानीमा डुबेर नै जाने विज्ञहरुको भनाइ छ ।

प्रधानमन्त्रीसहित उच्च सरकारी अधिकारीहरूले आगामी चैत महिनाभित्र काठमाण्डौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिसक्ने बताउँदै आएका छन् । तर यसका बारेमा कामले तिव्रता भने पाएको छैन् । मन लगाएर विकासका काममा अगाडि बढ्ने हो भने असंम्भव भन्ने केहि छैन ।

तर विकासका लागि नेताहरु अहिले चुनावी एजेण्डाहरु बनाउन थालेका छन । यसैगरि खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी चैत्र महिनासम्म काठमाडौँ वासीलाई जसरी पनि पानी उपलब्ध गराउँने प्रतिवद्धता जाहेर गरेका थिए तर यसका लागि के कस्ता कामहरु अगाडि बढिरहेका छन त ?
मेलम्ची खाने पानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालका अनुसार आयोजनाको काम निरन्तर अगाडि बढिरहेको छ । उक्त खानेपानी आयोजनाको काम सरकारले दिएको निर्देशन बमोजिम ८५ प्रतिशत सम्पन्न भइसकेको छ ।

उनले भने,‘ हामिले सरकारको निर्देशनात्मक आदेश अनुसार नै काम गरिरहेका छौँ, अहिले प्रभावित क्षेत्रमो थुपारेको ग्यागर र हिलो निकाल्ने लगाएत अन्य सुरुङ सरसफाईको काम निरन्तर नै अगाडि बढेको छ ।

तर निश्चित समयमा सकिन्छ भनेर ग्यारेन्टी चाँही गर्न सकिदैँन । विगतको तुलनामा कामको गति भने तिव्र नै चलिरहेको छ ।’ यस्तै खानेपानी मन्त्री उमाकान्त चौधरीले विभिन्न कार्यक्रममा बोल्दै चैत्र महिनाको अन्त्यसम्म काठमाडौ बासिलाई मेलम्चीको पानी आपुर्ती गराउँने भनेतापनि काम चैत्र अन्त्यसम्म नसकिने अनुमान भइसकेको छ ।

सबै भन्दा पहिला मेयर विद्या सुन्दर शाक्यले खानेपानी काठमाडौँ बासिलाई उपलब्ध गराउँनका लागि पहल कदमी निकै नै चाल्नु पर्ने देखिएको छ । काठमाडौं बासीहरुले पिउने पानी लगाएत सरसफाइका लागि प्रयाप्त पानीको आपूर्ती हुन सकेको छैन ।

त्यती मात्र नभएर नेपालको राजधानी काठमाडौंमा बसोवास गर्देै आएका बासिन्दाहरुले पनि पानीको ठूलो समस्या भोग्नु परेको छ । जनशक्ति अभाव भएको भए जनशक्ति थप्ने र आवश्यक सामाग्रीहरुको समयमा नै उपलब्ध गराएर कामलाई अगाडि बढाउन सकेमा तीन महिना लाग्ने काम महिना दिनमै नसकिएला भन्न सकिदैन ।

अहिले हिउँद महिना भएकाले काम गर्न सजिलो छ । अब वर्षा याम सुरु हुन लागिसकेको छ । वर्षा सिजन लाग्नु भन्दा पहिला नै सबै कामको तिव्रता बढाउन सकेमा काठमाडौँमा पानीको उद्घाटन फेरी पनि चाँडै हुनसक्छ ।

जसको परिणामस्वरुप पानीको हाहाकार भोग्दै आएका काठमाडौंबासिहरुको मुहारमा खुशी छाउँन सक्छ । सरकारले पनि यस विषयमा निकै नै गम्भिर भएर सोच्न आवश्यक देखिन्छ ।