काठमाडौं : पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३१९ जना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार जम्मा ६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समयमा कोरोना संक्रमित हुनेको संख्या दिनप्रतिदिन घटिरहेको छ । अहिले देशभर कोरोना संक्रमित हुनेको संख्या १२५४ रहेको छ ।
तपाइँको प्रतिक्रीया