२०८२ असार ८ आइतबार

राशिफल

लेटाङमा महिला प्रहरीको हत्यामा संलग्न २० जना पक्राउ

काठमाडौं  :  मोरङको लेटाङमा महिला प्रहरीको हत्या गरेको अभियोगमा एक जना महिलासहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेटाङ–५ का ४८ वर्षीय चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, २३ वर्षीय प्रदीप राई, १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी र १९ वर्षीय संजय मगर रहेका छन् ।

यस्तै लेटाङ–६ का १८ वर्षीय पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ पनि प्रहरीले सोही घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरेको छ ।

प्रहरीले मिक्लाजुङ–२ घर भइ लेटाङ ५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ कै संजीव प्रधान, प्रनिस कट्टेल, जस्मिन पाख्रीन, सुनिल लिम्बू, प्रह्लाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले मोरङ अदालतमा पहिलो चरणमा पक्राउ परेका ९ जना र पछिल्लो चरणमा पक्राउ परेका ११ जनालाई नै ‘कर्तव्य ज्यान मुद्दामा’ म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।