२०८२ असार ८ आइतबार

राशिफल

काठमाडौंमा ४६ दलले चुनाव लड्ने

काठमाडौं : आगामी स्थानीय तहको चुनावमा काठमाडौं जिल्लाका स्थानीय तहमा ४६ वटा राजनीतिक दलले चुनाव लड्ने भएका छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावमा काठमाडौंबाट ४६ दलले दलीय चुनाव चिन्हसहित चुनाव लड्ने भएका हुन् ।

दलीय संख्याको हिसाबले काठमाडौंमा सबैभन्दा बढी राजनीतिक दलहरुले चुनाव लड्ने भएका हुन् ।

साना दलहरुलाइ पनि दलीय चुनाव चिन्ह दिने भएपछि काठमाडौंबाट ४६ दलले दलीय चुनाव चिन्हसहित उम्मेदवार उठाउन पाउने भएका हुन् ।