२०८२ असार ८ आइतबार

राशिफल

काँग्रेस शीर्ष नेता छलफलमा

काठमाडौं  : नेपाली काँग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ ।

छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले बताए ।

उम्मेदवार छान्न काँग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेका छ । समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ।

संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हुन्छन् भने बाँकी पूर्व पदाधिकारीलाई समेटिने छ । कार्यसम्पादन समितिमा २८ नम्बरमा रहेका कोइरालाई २५ सदस्यीय संसदीय समितिको समेट्नका लागि जोड भइरहेको छ ।