२०८२ असार ८ आइतबार

राशिफल

एमालेसंग आगामी निर्वाचन सम्म गठबन्धन गर्नुपर्छ  :  रामचन्द्र पौडेल

काठमाडौं  :  नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमा राख्न पनि आगामी निर्वाचनसम्म गठबन्धन आवस्यक भएको बताएका छन् । आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले एमालेलाई साइजमा राख्न पनि निर्वाचनसम्म गठबन्धन कायम राख्नुपर्ने बताएका हुन् ।

‘ माओवादी र एकीकृत समाजवादीको अलिकति मत थपिदिएर एमालेलाई साइजमा राख्ने अवसर आएको छ’, पौडेलले भने, ‘संविधानलाई जोगाउन सत्ता गठबन्धन गरिएको हो । हाम्रो मुख्य लडाइ एमाले र केपी ओलीसँग हो ।’
नेता पौडेलले एक्लाएक्लै चुनावमा जान सक्ने अवस्था नरहेको समेत व्याख्या गरेका छन ।