काठमाडौं : नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्थानीय तहदेखि नै काँग्रेस बलियो भएर आउनुपर्ने बताएका छन् ।
आज काँग्रेस केन्द्रीय समिति बैठकमा स्थानीय तहमा गठबन्धन गरेर बलियो पार्टी भए प्रदेश र संघीय निर्वाचनलाई सकारात्मक प्रभाव पार्ने तर्क उनले गरेका हुन् ।
बैठकमा उनले भने्,‘गठबन्धन गर्दा काँँग्रेस आईको हालत हुन्छ भन्ने सुन्छु तर, स्थानीय तहमा गठबन्धन नहुँदा नेमकिपा र जनमोर्चाको जस्तो हालत हुन्छ ।’
नेकपा विभाजन भएर तीन टुक्रा भएको अवस्थामा काँग्रेस एक्लै निर्वाचनमा जानुपर्ने र गठबन्धन गरिए काँग्रेस आईको हालत व्यहोर्नुपर्ने केही नेताले भनिरहँदा सहमहामन्त्री आङ्देम्बेको यो जवाफ आएको हो ।
शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्य र पदाधिकारीले निर्वाचनमा गठबन्धन अनिवार्य रहेको बताइरहेको छ ।
तपाइँको प्रतिक्रीया