२०८२ असार ८ आइतबार

राशिफल

च्याउको अनुसन्धानका लागि सम्झौता

काठमाडौँ :  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच सम्झौता भएको छ । च्याउको अध्ययन अनुसन्धानका लागि आज सोमवार नास्टमा आयोजित एक कार्यक्रमकाबीच नास्ट र मसरुम सीड नेपालबीच सम्झौता भएको हो ।

बहुमूल्य रैथाने जङ्गली च्याउहरूको मूल्य अभिबृद्धिकरण खेती प्रविधि विकास गर्ने र अन्य प्रमुख आयातित च्याउहरूको ठाउँ सुहाउदो सरलता तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरूमा हस्तान्तरण गर्ने उद्देश्यले नास्ट र मसरुम सीड नेपालबीच सहकार्य भएको मसरुम सीड नेपालका डाइरेक्टर आकाश वाडेले बताए ।

साथै समग्र राष्ट्रिय च्याउ उद्योगलाई उपयोगी हुने अनुसन्धान तथा विकास कार्यलाई संयुक्त रूपमा अघि बढाउन सहमत भई सहकार्यका लागि समेत दुई पक्षीय समझदारी गरिएको वाडेले जानकारी दिए ।

समझदारी पत्रमा नास्टका विज्ञान सङ्कायका प्रमुख डा. कान्ति श्रेष्ठ र मसरुम सीड नेपालका आकाश वाडेले हस्ताक्षर गरेका छन् ।