२०८२ असार ८ आइतबार

राशिफल

अब मातृशिशु अस्पताल चितवनमा निर्माण हुने

काठमाडौं  : चितवनको रत्ननगरमा मातृशिशु अस्पताल निर्माणका लागि मेयर नारायण वनले आज सोमबार शिलान्यास गरेका छन् । आमा र बच्चाको सुरक्षाको लागि रत्ननगर अस्पतालको परिसरमा निर्माण गर्न लागिएको अस्पताल भवनको उनले शिलान्यास गरेका हुन ।

प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा अस्पतालको भवन निर्माण हुनेछ ।

रत्ननगर अस्पतालको परिसरमा ९ करोड ५८ लाखको लगानी अस्पतालको भवन निर्माण गर्न लागिएको हो । गर्भवती महिला र उनीबाट जन्मिएको बच्चाको सुरक्षाको लागि छुट्टै अस्पतालको रुपमा मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको मेयर वनले जानकारी दिए ।

आफ्नो कार्यकालमा मातृशिशु अस्पताल निर्माण गरेर विदा हुन भन्दै मेयर वनले नगरबासीहरुलाई सुन्दर उपहारका रुपमा अस्पताल निर्माण सुरु गरेको बताए ।

पाँच तले सो भवन २०८० सम्म निर्माण सम्पन्न गरेर अस्पताल सञ्चालन गर्ने योजना रहेको छ । अस्पतालमा आमा र बच्चाको लागि आइसीयु,सुत्केरी कक्ष,जनरल वार्ड तथा विशेषज्ञ डाक्टरहरूबाट सेवा प्रदान गरिने छ ।

अस्पतालमा चितवनसहित देशभरबाट आउने गर्भवती महिला र शिशुको उपचार हुने छ । अस्पताल सञ्चालन भएपछि गर्भवती गराउन भरतपुर जानु पर्ने बाध्यताको अन्त्य हुने छ ।