काठमाण्डौं : मोरङको लेटाङ नगरपालिका ५ को शिक्षा विकास माध्यमिक विद्यालय तोडफोड र प्रहरी जवानको हत्या अभियोगमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । गत चैत ६ गते विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलनले उग्र रुप लिँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो ।
उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको हो । ती मध्ये २० जनामाथि प्रहरी जवान श्रेष्ठको हत्या अभियोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । २९ जनालाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको उनले बताए ।
कक्षा ७ मा पढ्ने छात्रालाई दुव्र्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेलमाथि प्रहरीले जवरजस्ती करणी उद्योगमा अनुसन्धान गरिरहेको छ
शिक्षक पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरी चैत ६ गते विद्यालय प्रशासनमा परेपछि छलफलका लागि उपमेयर कष्णकुमारी निरौला र विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडा अध्यक्ष भूम सुर्य मगर विद्यालय पुगेका थिए ।
त्यसपछि पटक पटक यौन दुर्व्यवहार गर्ने शिक्षकलाई जोगाउन खोजेको भन्दै विद्यार्थी र अभिभावकले आन्दोलन सुरु गरेका थिए ।
तपाइँको प्रतिक्रीया