काठमाडौं : रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच साता बितिसकेको छ । महाशक्ति राष्ट्र रुसले युक्रेनमाथि हमला जारी राख्दा युक्रेनी नागरिकले निकै दर्दनाक पीडा भोगिरहेका छन् । उनीहरुलाई बाँच्न मुस्किल भएको छ ।
रातदिन बमगोला बर्सिरहेका छन् । बालबालिकाका लागि स्कुल छैनन् । बिरामी र उमेर पुगेका नागरिकका लागि स्वास्थ्य सेवा छैन । बस्नका लागि बास समेत छैन ।
संयुक्त राष्ट्र संघका अनुसार अहिलेसम्म करिब एक करोड युक्रेनी नागरिकले देश छाडिसकेका छन् । केहीले सुरक्षित मानिएका क्षेत्रमा शरण लिइरहेका छन् भने ३ लाख ५० हजार बढीले देशको सीमा पार गरिसकेका छन् ।
देश छाड्नेमा बालबालिका र वयोवृद्धहरु छन् । कारण युक्रेन सरकारले ६० वर्षभन्दा मुनिका नागरिकले रुस विरुद्ध लड्नुपर्ने भन्दै देश छाड्न नपाइने नियम लागु गरेको छ ।
आफ्नो घरबार र सम्पत्ति सबै गुमाइसकेका अधिकांश शरणार्थीलाई अब के गर्ने थाहा छैन । देशको सीमा पार गरेकाहरुबाट बम गोला छुटिसकेका छन् । तर उनीहरु युक्रेन बाहिर पनि सुरक्षित भने छैनन् ।
तपाइँको प्रतिक्रीया