२०८२ असार ८ आइतबार

राशिफल

विश्वमा पहिलो पटक मानिसको रगतमा देखियो माइक्रोप्लास्टिक

काठमाडौं  :  प्लास्टिक बन्द गर्ने र यसको प्रयोग रोक्न विश्वभरी फरक–फरक अभियान चलाइँदै आएको छ । केही समय पहिले समुद्री जीवको शरीरमा माइक्रो प्लास्टिक प्रवेश गरेको थियो । जसबाट यी जीवहरूको मृत्यु भएको थियो ।

हाल नेदरल्यान्डका वैज्ञानिकले एक अचम्म लाग्ने अनुसन्धान गरेका छन् ।

उनीहरुले मानिसको रगतमा पनि प्लास्टिकको टुक्रा खोजेर निकालेका छन् । यस्तो विश्वमा पहिलो पटक भएको हो । यी टुक्रा देख्नमा अत्यन्त सानो वा माइक्रो प्लास्टिक हो । यो अध्ययनमा वैज्ञानिकले २२ जना मानिसको नमुना लिएका थिए ।

जसमा १७ जनाको रगतमा प्लास्टिकको अंश पाइएको थियो । यसलाई अत्यन्त चिन्ताजनक भएको बताइएको छ ।

 

माइक्रो प्लास्टिक ५ मिलीमिटर वा योभन्दा पनि कम आकारको सानो प्लास्टिकको टुक्रा हुन्छ ।

यो यति सानो हुन्छ, म्याग्नीफाइ ग्लासबिना यसलाई देख्न मुश्किल हुन्छ । वैज्ञानिकहरु अझैपनि यी साना अंशको प्रभाव कम गर्ने कोसिस गरिरहेका छन् । यो पानी, खानाको सामान र जमिनको सतह जस्ता स्थानमा रहन्छ । यसैको माध्यमबाट यो शरीरमा पुग्छ ।

अनुसन्धानको अवधिमा वैज्ञानिकका अनुसार मानिसको रगतमा ५ किसिमको प्लास्टिक प्राप्त हृने गर्दछ ।

यसमा मुख्य रुपमा पोलिमेथाइल मेथेक्रिलेट, पोलिप्रोपाइलिन, पोलिस्टाइनिस, पोलिथाइलिन र पोलिथाइलिन टेरेफ्थेलेट समावेश छन् । यो कुरा विश्वमा नै पहिलो पटक फेला पारेको तथ्य हो । यस्ता कुरा सुन्दा मानिसहरुलाई अच्चम लागिरहेको छ ।