२०८२ असार ८ आइतबार

राशिफल

बुटवल नगरपालिकामा भ्यु टावरको उद्घाटन

काठमाडौं  :   नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । सो क्रममा उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे ।

यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइएको छ ।

टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनुपर्ने बताए । उनको दावी थियो, भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ ।

उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेको बताए । उनले भने, ुयसकारण म यस कार्यको प्रशंसा गर्छु । यसले यो क्षेत्रको विकासमा सहयोग पुगोस् ।’ आगामि दिनमा पनि यस्ता कामहरु भइरहनुपर्ने उनको भनाइ छ ।