काठमाडौं : उपत्यकाभित्रकै पहिलो सुख्खा बन्दरगाह ‘चोभार ड्राइपोर्ट’ ले प्रतीतपत्र (एलसी) को अनुमति पाएको छ ।
हालैमात्र निर्माण कार्य सम्पन्न भई सरकारबाट सञ्चालनको अनुमति समेत पाइसकेको बन्दरगाहबाट अब व्यवसायिक रुपमा मालसामान भन्सारीकरण गर्ने गरी अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले एलसी जारी गर्न पाउने भएका हुन् ।
आज मंगलवार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ संशोधन गर्दै यस्तो निर्देशन जारी गरेको हो ।
उक्त व्यवस्थामा बैंकले अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्था बमोजिम अब चोभारको सुख्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने बताएको छ ।
तपाइँको प्रतिक्रीया