काठमाण्डौं : व्यवसायीक गायिका जस्तै गरी ७ वर्षको उमेरमा नै ओपेरा गायिकाको भूमिका निभाएपछि भिक्टोरी ब्रिंकर विश्वकै कान्छी ओपेरा गायिका भएकी गिनिज वल्र्ड रेकर्डले घोषणा गरेको छ ।
उनले ७ वर्ष ३१४ दिनको उमेरमा पिट्सबर्ग पब्लिक थिएटरको लाइट्स एन्ड लेजेन्ड शो २०१९ मा ८ वटा व्यवसायीक भूमिकामा सहभागिता जनाएकी थिइन् ।
हाल १० वर्ष पुगेका लाटरोब पाले पनि २०२१ को जुलाई ६ मा इतिहास रचेकी थिइन् । उक्त समयमा उनी पहिलो अमेरिकाज गट ट्यालेन्ट पफर्मर थिइन् । उनले निर्णायक मण्डलका चारैजनाबाट गोल्डेन बजर प्राप्त गरेकी थिइन् ।
तपाइँको प्रतिक्रीया