काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले प्रायः जसो मधुमेहका बिरामी उपचारको दायरामा नपुगेको बताएका छन् ।
राजधानीका आयोजित एक कार्यक्रमा मन्त्री खतिवडाले मधुमेहका सबै बिरामीलाई उपचारको दायरामा ल्याउनका सरकारले छिट्टै योजना बताउने बताए ।
नेपाल लगायतका अल्पविकसित देशमा मधुमेहका बिरामी जनचेतनाको अभावका कारण स्वास्थ्य संस्था पुग्न नसकेको उनले सुनाए । नेपालमा कुल मृत्युदर मध्ये झण्डै चार प्रतिशत मधुमेहका बिरामी रहेका छन् ।
कार्यक्रममा बेलायतस्थित संस्था हेल्थ एक्सचेन्ड नेपालका महासचिव डा.सत्यन राजभण्डारीले मधुमेह नेपाल र स्वास्थ्यकर्मी र बिरामीका लागि मधुमेहसम्बन्धी सचेतना, सहयोग निरन्तर गर्दै आएको सुनाए । जसका कारण मधुमेहको समस्याको दुर हुँदै गएको उनले बताएका छन् ।
तपाइँको प्रतिक्रीया