काठमाडौं : मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले नयाँ व्यवसाय थालेका छन् ।
उनले भक्तपुरमा तरकारी बजार संचालनमा ल्याएका हुन् । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक, अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा तरकारी बजार संचालनमा आएको हो ।
सूर्यविनायक हरित तथा कृषि थोक बजारमा मंलगबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईले नेपालमा नै व्यपार व्यावसाय गर्नु उचित विषय भएको जानकारी दिएका छन ।
उनका अनुसार तरकारी बजार संचालनमा ल्याउनका लागि २ अर्ब रुपैयाँ भन्दा धेरै लगानी भएको छ । बिचौलियाको अन्त्य गर्न र किसानलाई राहत दिन आफुले तरकारी बजार बनाएको प्रसाईले बताएका छन् ।
मिडियाले गलत ढंगले प्रचार गरेको भन्दै प्रसाईले यो कुरालाई नकारात्मक भन्दापनि किसानका् हितको लागि सोचिदिन सबैलाई आग्रह गरेका छन् ।
तपाइँको प्रतिक्रीया