काठमाडौं : बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन् ।
गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत अनुदान रकम हालसम्म किसानले लिन आएका छैनन् । राहत अनुदान स्वरुप जिल्लामा आठ लाख प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
धानबालीमा पुगेको क्षतिबापत संघीय सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत किसानलाई राहत अनुदान वितरण गर्ने भनिएको थियो ।
तर राहत अनुदान लिनका लागि हालसम्म किसानको निवेदन नआएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, “राहत अनुदान रकमका लागि निवेदन दिन भनेका छौं ।
हालसम्म एकजना किसानबाहेक अरु आएका छैनन्, यसका लागि हामीले सूचनासमेत जारी गरिसकेका छौंँ ।”
जिल्ला प्रशासन कार्यालयका अनुसार धान भित्र्याउने बेलामा आएको वर्षाले जिल्लाका सबै स्थानीय तहमा गरी १७६ किसानको धानबालीमा क्षेति पुर्याउको थियो । बेला बेला जिल्ला प्रशासन कार्यलयले सुचना गरेपनि अहिले सम्म किसानहरुले चासो भने देखाएका छैनन् ।
तपाइँको प्रतिक्रीया