काठमाडौं : अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पछिल्ला वर्षमा विश्वभर स्वार्थी राष्ट्रवाद र व्यापारिक लालचले गर्दा कोरोना महामारी नियन्त्रणमा आउन नसकेको जनाएको छ ।
एम्नेस्टीले मंगलबार सार्वजनिक गरेको ‘एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२१र२२ः विश्वको मानवअधिकार अवस्था’ प्रतिवेदनमा ठूला कर्पोरेटहरूसँग मिलेर राष्ट्रहरूले विश्वव्यापी रूपमा रहेको असमानतालाई झन् गहिरो बनाएको उल्लेख छ ।
‘सन् २०२१ कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण भइसकेको वर्ष हुनुपथ्र्यो । तर यो गहिरो असमानता र झन् अस्थिरतालाई बढावा दिने बर्ष बन्यो र यसको असर आउँदा वर्षहरूमा रहिरहनेछ,’ एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामाईले भनिन् ।
कोरोना महामारीले गरेको क्षतिलाई कम गर्न गरेको वाचाहरू तोड्दै राजनीतिक नेता तथा ठूला कर्पोरेटहरूले मानिसको जीवनभन्दा मुनाफा र शक्तिलाई प्राथमिकता दिएको आरोप एम्नेस्टीले लगाएको छ ।
‘एक पछि अर्को नेतृत्वले जरा गाडेर रहेको असमानतालाई सम्बोधन गर्नका लागि ‘अझ राम्रोसँग पुनर्निर्माण गर्ने’ झुटा वाचा गरे, जसले महामारीको प्रभावलाई अझ गम्भीर बनाएको छ ।
यसको सट्टामा उनीहरूले ठूला कर्पोरेटहरूसँग मिलेर धोका तथा लालचको कहालीलाग्दो नाटक गरेका छन्,’ कालामाईले भनिन् । यसको असर गरिबीको अग्रपंक्तिमा रहेकाहरूलगायत सबैभन्दा बढी सीमान्तकृत समुदायहरूमा परेको प्रतिवेदनमा उल्लेख छ ।
तपाइँको प्रतिक्रीया