२०८२ असार ८ आइतबार

राशिफल

तनहुँ दुर्घटना : ट्यांकरबाट चुहिएको तेलमा स्थानीयको तँछाड मछाड, भिडियो भाइरल

काठमाडौं : बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरा जाँदै गरेको ट्यांकर तनहुँमा दुर्घटनामा परेको छ ।

२० हजार लिटर डिजेल बोकेर अमलेखगञ्जबाट छुटेको ट्यांकर तनहुँको बन्दीपुर गाउँपालिका नयाँबस्तीमा मंगलबार दुर्घटनामा परेको नेपाल आयल निगमले जनाएको छ ।

सडक छेउको खोल्सा नजिक पल्टिएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको निगमले जनाएको छ । दुर्घटनामा परेको ना ८ ख ०३२६ नम्बरको ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न अहिले स्थानीयहरु तँछाड मछाड गरिहेका छन् ।

बाल्टी र ग्यालिन बोकेर ट्यांकरबाट चुहिएको तेल भर्न मानिसको लाइन लागेको भिडियो सामाजिक सञ्जालनमा अहिले भाइरल बनेको छ ।