२०८२ असार ८ आइतबार

राशिफल

दिल्लीबाट स्विच थिचेर सोलु करिडोरको उद्घाटन हुने, संभव होला र ?

काठमाडौं  : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन हुने भएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा शनिबार स्विच थिचेर प्रसारणलाइनको उद्घाटन गर्ने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारणलाइन करिब ३ वर्ष ढिला गरी गत २ फागुनमा यो प्रसारणलाइन चार्ज गरिएको थियो । नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात ९एक्जिम० बैंकको सहुलियतपूर्ण ऋणमा यसको निर्माण सकिएको हो ।

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ ।

सोलु करिडोर प्रसारणलाइन आयोजना अन्तर्गत तिङ्लामा १३२र३३ केभी, ३० एमभीए र ३३र११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । अहिले तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुन थालेको छ ।

प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३ को असोजबाट कार्यान्वयनमा आएको थियो ।

तर, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो । सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि यो महत्वपूर्ण प्रसारण आयोजना हो ।