काठमाडौं : रुस र यूक्रेनबीच भएको पछिल्लो वार्ताले सकारात्मक उर्जा दिएको चीनले जनाएको छ ।
चीनको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर इस्तानबुलमा हिजो भएको दुई देशबीचको वार्ताले सकारात्मक उर्जा दिएको उल्लेख गरेको छ ।रुस र यूक्रेनबीच शान्तिपूर्ण नतिजाका लागि भएको प्रयासको विश्व समुदायले प्रशंसा र समर्थन दिनुपर्ने प्रवक्ता वाङ वन पिनले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
साथै सङ्कटको समाधान गर्ने सबभन्दा व्यावहारिक उपाय वार्ता भएको र त्यसका लागि सहकार्य हुनुपर्ने चीनको अडान रहेको चिनियाँ पराराष्ट्र मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
तपाइँको प्रतिक्रीया